Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • पप्पु कन्स्ट्रक्सनसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा

    पप्पु कन्स्ट्रक्सनसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले काम अलपत्र पार्ने २३ ठेकेदार निर्माण कम्पनी तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।



    कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु/कोशी एन्डा न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।



    सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्र पार्ने नवनिर्माण बिल्डर्सलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

    कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए अनुसार उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई एक देखि डेढ वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार