Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • संसदीय समितिको नेतृत्वमा टुंगियो भागबन्डा, रास्वपा र राप्रपाले नपाउने

    संसदीय समितिको नेतृत्वमा टुंगियो भागबन्डा, रास्वपा र राप्रपाले नपाउने

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख राजनीतिक दलहरुले संसदीय समितिबारे सहमति जुटाएका छन् ।

    नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी सहमति जुटेको हो ।



    कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन् ।



    एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ । यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउने छ ।

    संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । विषयगत समितिमा गठबन्धन दलबीच आजै सहमति हुने छ ।

    संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार