Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् माओवादी केन्द्रका प्रदेश इन्चार्ज [सूचीसहित]

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसअनुसार वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । कोसी प्रदेशको इन्चार्जमा बलदेव खनालले जिम्मेवारी पाएका छन् ।

यस्तै, मधेस इन्चार्जको जिम्मा लीलामणि पोखरेल र गण्डकीमा देवेन्द्र पौडेलले पाएका छन् । यस्तै लुम्बिनी हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जनवर्गीय संगठनको इन्चार्जमा पम्फा भुसाल तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077