Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशमा थपियो मन्त्रालयको संख्या, बिना विभागीय मन्त्री चित्रकारले पाए जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय थपिएको छ। प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको हो।

सत्ता गठबन्धनका दलहरूले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय सिर्जना गर्ने सहमति गरेका छन् । प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

चित्रकार बागमतीको मन्त्री बनेको साढे २ महिना भइसकेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिलेसम्म चित्रकारलाई बिनाविभागीय मन्त्रीकै रूपमा राखेका थिए।

कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गरेको भएतापति माओवादी केन्द्रले माओवादी केन्द्रले अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077