Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोनमा कुराकानी, के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदीले आज बेलुका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेका हुन् ।

कुराकानीमा प्रचण्ड र मोदीले नेपाल–भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गरेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ ।

यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077