Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस भयो, विवाद बैठकपछि टुंगिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एक ढिक्का भएको महसुस सबैले गरेको बताएका छन् ।

शनिवार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठुलो अभ्यास भएको बताए । वाद, विवाद र संवादमा केन्द्रीय समिति बैठक टुंगिने बताए ।

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ । वाद, विवाद र संवादमा यो बैठक टुंगिदैछ’, प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077