Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्तराखण्डमा बेपत्ता नेपालीको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा खसेको पहिरोमा परी नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले भनेका छन्, ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’

बेपत्ता नेपालीको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077