काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरु राष्ट्रिय हितका विषयमा सकारसँग मिलेर जान तयार रहेको बताएका छन् ।
नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तरास्ट्रिय परिस्थिती र नेपालको परराष्ट्र नीति विषायकअन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार, अन्य जुनसुकै दलले ल्याएका कुराहरूलाई आफ्नो पार्टीको समर्थन रहने बताए ।
सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने आफूले समर्थन नगर्ने बताए ।
त्यस्तै, अध्यक्ष ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताए।
ओलीले भने,‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुँदैनौं। बाह्य सेना यहाँ राख्ने कुरा हुँदैन। हामी अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत गर्दा, तालिम गर्दा पनि हामी छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्छौं।’
ओलीले नेपाल कुनै पनि पक्षधरता देखाउनु नपर्ने भएकाले शान्तिका लागि तटस्थ बस्नुपर्ने बताए।