काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अस्तित्व नै समाप्त भएको दाबी गरेका छन् ।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भनो, ‘सार्कको अस्तित्व छैन । यो छैन भन्ने भनेका छैनन् । काठमाडौंका सेक्रेटारियट छ । केही ब्यूरोक्रेटको बैठक मात्रै बसेको छ । तर व्यक्तिगत र देशको इगोले गर्दा सार्क असक्त तथा निरीह भएर निष्प्रभाबी भइरहेको छ।’
अध्यक्ष ओलीले व्यक्तिगत र केही देशको इगोले सार्कको अस्तित्व नै नभएको बताए।