Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग शनिबार वार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार बिहान गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग वार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ८ बजे गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायसँग वार्ता गर्ने भएका हुन् ।

‘संघर्ष समितिका मागहरु सम्बन्धमा वार्ता सम्वादका माध्ययमबाट तत्काल समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन समेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता सम्वादमा आउन हार्दिक अनुरोध छ,’ सहसचिव अर्जुन भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

फोरम र माओवादीले एकै स्थानमा सभा गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्याय माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077