Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको दाबी - सीआईबीलाई सुन काण्डको जिम्मा दिनु अहिलेसम्मकै उच्चस्तरीय छानबिन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिइएको बताउँदै यो अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको दाबी गरे ।

अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077