Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको आर्थिक सहयोगमा बन्ने चार वटा परियोजनामा सम्झौता

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन सम्झौता भएको हो।

भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यी परियोजनाको अनुमानित लागत १७ करोड रुपैयाँ छ।

शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्ने समझदारी पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077