Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्गदेशका राजदूतबीच भेटवार्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव धीरेन्द्र शाहीले बताए ।

सो अवसरमा बङ्गादेशका राजदूत चौधरीले दुई देशबीच पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सहयोग जुटाउन बङ्गलादेश तत्पर रहेको बताए ।

मुख्यमन्त्री शाहले प्रदेशको जलविद्युत्, कृषिलगायतका क्षेत्रको विकासका लागि बङ्गलादेश सरकारको सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077