Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डेंगु महामारीको प्रभावकारी समाधान खोज्न कांग्रेसको माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगी रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ ।

‘कोशी प्रदेशको धरान र आसपासका क्षेत्रमा डेंगीले धेरै जनाको मृत्यु भइसकेको छ । धेरै नागरिक सिकिस्त बिरामी छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ। बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र दिगो तथा प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ।’

साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यहरुलाई आह्वान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077