Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध गरेपछि साउन २२ गते सोमबार सम्मका लागि बैठक स्थगित भएको हो ।

बैठक सुरू हुनेवित्तिकै एमाले सांसद देवेन्द्र दाहालले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म बैठक अगाडि बढ्न नदिने चेतावनी दिए। उनले सुन तस्करी प्रकरणमा एमाले टु्लुटुलु हेरेर बस्न नसक्ने बताए।

एमाले सांसदहरूले अवरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह समेत गरे। एमालेकै विरोधका कारण प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077