Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उच्चस्तरीय समिति नबनुन्जेल राष्ट्रियसभा चल्दैन : सांसद श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा ल्याउने सुनिश्चित नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको सुरुवातमै बोल्दै एमाले सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

सांसद श्रेष्ठले भने,'हामीले सरकारलाई यो प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेका हौँ । तर सरकारले अहिलेसम्म हाम्रो मागको सुनुवाई भएको छैन । बरु त्यही प्रकरणमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले बाहिर भन्दा कसैलाई पनि छोडिदैन भनेर भन्ने, तर व्यवहार अर्कै हुने कुराले यसमा झन् आशंका बढाएको छ।'

सांसद श्रेष्ठले सरकारले सुन तस्करी प्रकरणमा छानविन गर्ने उच्चस्तरीय समिति नबनेसम्म संसद् चल्न नदिने बताए । त्यसपछि एमाले सांसदहरुले आसनबाट उठेर सरकारले सुन तस्करी प्रकरणमा छानविन समिति नबनाएसम्म बैठक चल्न नदिने अडान लिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल र संवादबाट टुंगोमा पुग्न आग्रह गर्दै बैठक सन्चालनका लागि प्रयास गरेपनि एमालेले अवरोध कायम राखेको छ । एमाले सांसदहरुले आसनबाट उठेर बैठक अवरुद्ध पारिरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077