Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल भन्छन् - सुन प्रकरणमा सत्ताकै केन्द्रतिर शंकाको सुई सोझियो, अब छानबिन सेलाउँछ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सत्ताकै केन्द्रतिर शंकाको सुई सोझिएपछि अब सुन तस्करीको छानबिन र अनुसन्धान सेलाउँदै जाने शंका व्यक्त गरेका छन् ।

पछिल्लो समय सुन तस्करीमा जोडिएकाहरुको कनेक्सन एकपछि अर्का नेकपा माओवादी केन्द्रका नेताहरुसँग देखिन थालिरहँदा बुधबार साँझ सामाजिक सञ्जालमार्फत बास्कोटाको यस्तो भनाइ आएको हो ।

अब सुन तस्करी र कारोवारीका समाचार सेलाउँदै जालान किनकी शंकाको सुई सत्तासीनकै केन्द्र तिर सोझिने तथ्यहरु आउने संभावना निक्कै बढेर जाने देखिन थालेको उनले बताए । उनले अब सुन तस्करी र कारोबारीका समाचार सेलाउँदै जाँदा अनुसन्धानबाट तथ्यहरु आउने सम्भावना पनि निकै कम रहेको बताए।

उनले सुन तस्करसँग जोडिएकाहरुको कारोबार नेपालदेखि सिंगापुर र बेल्जियमसम्म रहेको पनि उल्लेख गरेका छन् ।

‘अब सुन तस्करी र कारोबारीका समाचार सेलाउॅंदै जालान्, किनकी शंकाको सुई सत्तासिनकै केन्द्रतिर सोझिने तथ्यहरु आउने सम्भावना निक्कै बढेर जाने देखिन थाले । बेल्जियमको रेष्टुरा बिक्री, झम्सिखेल घरजग्गा करोबार, सिंगापुरतिर रकम निकासी, श्रमिकको प्रवासै डलर खरिद र हुन्डी, राजस्व नाका सेटिङ ,’  उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077