काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्तामा निर्देशक डा. डिल्लीराम पोख्रेल नियुक्त भएका छन् ।
उनलाई आजबाट लागु हुनेगरी सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
उनी २०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत छन् ।
यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको रूपमा निर्देशक नारायणप्रसाद पोख्रेल थिए ।
Leave a Reply