Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सभापति देउवालाई ओलीको प्रश्न - क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अवरोध खोल्न सत्ता पक्ष नै तयार नभएको आरोप लगाएका छन् ।

तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने समेत दाबी गरे। अध्यक्ष ओलीले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’

उनले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताए ।  अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077