Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

९ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको हो।

परिसूचक २० हजार ८६ अंकमा पुगेर रोकिएको छ । आज ११७ वटा कम्पनीको सेयर मूल्य बढिसकेको छ । यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य घट्दा १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । यसक्रममा आज १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको ९३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से बढे पनि आज प्रभु स्मार्ट फण्डको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस्तै, एनआईबीएल समृद्धि फण्ड–२ को मूल्य समेत ४.५८ प्रतिशतले घटेको छ । यता आज ३ समूहको सूचक समेत घटेको छ ।

व्यापार समूहको सूचक १.७८ अंकले घट्दा लघुवित्त समूहको सूचक ११ अंकले र जलविद्युत समूहको सूचक ५.६८ अंकले घटेको छ । आज हाटेल र टुरिजम समूहको सूचक ७८ अंकले बढ्दा निर्जीवन बीमा कम्पनी समूहको सूचक ६५ अंकले बढेको छ ।

यस्तै, जीवन बीमा समूहको सूचक ४२ अंकले बढेको छ भने विकास बैंक समूहको सूचक ३९ अंकले बढेको छ । यस्तै, वित्त समूहको सूचक ३० अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077