Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुखबाट राजीनामा दिएका बाबुरामलाई मन्त्रीको जिम्मेवारी

विराटनगर । कोशी प्रदेशको सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका गौतम मन्त्री बन्ने भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने तयारी थालेका बेला गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीले कमल जवेगुलाई मन्त्री बनाउने तयारीमा सत्ता गठबन्धन रहेको स्रोतको दाबी छ । प्रदीप जवेगु यसअघि पनि मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077