Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले वेस्ट इण्डिजलाई २०० रनले हरायो, सिरिजमाथि पनि कब्जा

काठमाडौं । वेष्टइन्डिजसँगको एकदिवसीय (ओडीआई) सिरिज भारतले जितेको छ। तेस्रो तथा निर्णायक ओडीआईमा घरेलु टोली वेस्टइन्डिजलाई २ सय रनको फराकिलो अन्तरले हराउँदै भारतले सिरिज जितेको हो।

भारतले तीन खेलको सिरिज २–१ ले जितेको हो । वेस्टइन्डिजविरुद्ध २००६ देखी यो लगातार १६ औं ओडिआई सिरिज भारतले जितेको हो।

जितका लागि ३ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३५ दशमलव ३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

पहिलो खेलमा भारत ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो। अव यी दुई देशबीच पाँच टी–२० आईको सिरिज हुनेछ। पहिलो खेल बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077