Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ४७ सांसदसहित थापाले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् ।

उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्‍याएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्दव थापाको नियुक्ति बदर गर्नुका साथै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन कोसी प्रदेश सरकारलाई आदेश दिएको थियो। सोही आदेशअनुसार प्रमुख खापुङले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077