Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमखले दिएको समयसिमा आज सकिँदैछ ।

सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

मंगलबार साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउने छन् । तर,बहुमत जुटाउन भने दलहरुलाई कठिन भइरहेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।

राप्रपालाई फकाएर सरकार बनाउने प्रयास बिफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर बहुमत पुर्‍याउने रणनीतिमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077