Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सबै नेता बिग्रिए भन्नु गलत, राजनीतिका नाममा अपवित्र काम गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहोर हुन नहुने टिप्पणी गरेका छन् ।

एमालेको केन्द्रीय संस्कृति विभागले आज पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहोर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको बताए ।

नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो।

अध्यक्ष ओलीले राजनीतिमा जे पनि हुन्छ भन्न नमिल्ने बताए । राजनीति सबै नीतिहरुको पनि मुल नीति भएकाले यसमा ढाँटछल, धोका आदि हुनै नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077