Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेश सरकारका मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारबाट आफ्ना मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको छ ।

मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवलाई पार्टीले फिर्ता बोलाएको हो ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

त्यसयता दुवै जना बिनाविभागीय मन्त्री थिए । दुवैलाई हटाएर अब हुने मन्त्री परिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधितब गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077