Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको पहिलो कारोबार दिन २६ अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब ५० करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा कायम भएको हो ।

आज बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ । गत साता पनि लगातार घट्दै आएको बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ ।

आजको कारोबारमा सर्वाधिक नाफा पिपुल्स पावर लिमिटेड, सुपर माई हाइड्रोपावर लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर२०८० रहेका छन् । भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्था सर्वाधिक घाटामा रहेका छन् ।

उपसमूहतर्फ म्युचुअल फण्डबाहेका बाकि १२ बटै समूहको सेयरमुल्य घटेको छ । त्यसैगरी कारोबारका आधारमा सिभम सिमेन्टस १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077