Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • चाबहिलका नापी अधिकृत पुरीविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

    चाबहिलका नापी अधिकृत पुरीविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पुरीले १ करोड चार लाख तीन हजार ९४१ रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।



    २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



    त्यसैले उनले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको प्रवक्ता दाहालले बताए । अख्तियारले उनले गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा असुल गर्न माग गरेको छ ।

    पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

    अख्तियारले पुरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उनको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार