नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताएका छन्।
बाँकेको नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ। त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र !’
सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको अध्यक्ष ओलीको दाबी छ । ओलीले सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई सेलाउन नदिने बताए ।
उनले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाए । गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको आरोप लगाए । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको उनको भनाई थियो ।