Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा चार सैनिक बेपत्ता

एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् ।

लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको हो ।

रक्षामन्त्री रिचार्ड मार्ल्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिएका छन् । हेलिकप्टरमा सवार चार जना सदस्य अझै फेला परेका नपरेको बताइएको छ ।

उनका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077