सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक बालकसहित चार पुरुष, चार महिला छन् । उपमहानगरको तथ्यांकअनुसार जेठ २३ यता १९९ जना संक्रमित भएका छन् ।
धरानमा डेंगी पोजिटिभ देखिने दर झन्डै ६० प्रतिशत देखिएको छ । बिहीबार परीक्षण गरिएका १२४ मध्ये ८० जनामा संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।
नगरका सबै २० वडामा फैलिएको डेंगीबाट १७, ११, १६, १८, १५ वडा बढी प्रभावित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सुनसरीमा मात्रै दुई हजार ७३७ जना संक्रमित भएका छन् ।
Leave a Reply