काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन जरुरी रहेको बताएका छन् ।
जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरे।
अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए ।
अध्यक्ष ओलीले भने, ‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरुले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ। हामी जेलमा हुँदा, जित्नेछौं एक दिन भनेर गीत गाउँथ्यौं । अहिले हामी भन्न सक्छौं, पटकपटक जितेका छौं, फेरि जित्नेछौं।’
विगतमा पटकपटक जित्दै आएको भन्दै फेरि पनि जित्ने विश्वास समेत उनले व्यक्त गरे ।अहिले चुनौती भए पनि फेरि जित्ने ओलीले बताए ।