Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको चन्द्रागिरीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना भएको छ ।

शुक्रबार भएको उक्त गाडी दुर्घटना परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

थानकोटबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ रहेका छन्।

गाडीमा चालकसहित ५ जना सवार थिए। थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077