Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ लाखभन्दा बढी कर्जा लिने ऋणीलाई प्यान नम्बर अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँभन्दा बढी ऋण दिँदा ऋणीको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै २५ लाख रुपैयाँ वा सो भन्दा बढी कर्जा लिएका ऋणीलाई प्यान नम्बर अनिवार्य गरेको हो । यसअघि ५० लाखभन्दा बढीको सीमा थियो ।

राष्ट्र बैंकका अनुसार ऋणी एउटै समूहअन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूहअन्तर्गतको कुनै व्यक्तिलाई २५ लाखभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा प्यान लिएको हुनुपर्नेछ ।

त्यस्तै, कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाईने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077