Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

द्वन्द्व विश्व शान्तिका लागि चुनौती : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन् । लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार वर्ल्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तर्क्रियामा उनले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेको बताए ।

“कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्”, उनले भने, “जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ ।” उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए ।

अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए । उनले मानवअधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । रासस

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077