काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सहसंयोजकमा प्रवक्ता सगुन कुमार लावतीलाई नियुक्त गरेका छन् ।
अध्यक्ष लिङ्देनले बिहीबार लावतीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।
राप्रपाको कोशी प्रदेश संयोजकमा भने उपाध्यक्ष रोशन कार्की रहेकी छन् ।
पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर संगठनलाई सुदृढीकरण गर्न राप्रपाले देशभर नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टीलाई चलायनमान बनाउन खोजेको छ ।