Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गलत प्रतिवेदन तयार गरेर २६ लाख बढी भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, सब-इन्जिनियर दिपक सिंह बिष्ट, पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा पनेबाज- बन्तोली-बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको हार्ड रक उल्लेख गरेर २६ लाख रुपैयाँ अतिरिक्त भुक्तानी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

शैल्यशिखर नगरपालिका वडा नं ६ पनेबाज मौरीभिटादेखि वडा नं ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी उनीहरूले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार विष्टले सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको कडा चट्टानको परिमाण अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भएको कार्यभन्दा बढी र नगरेको परिमाणको झुट्टा बिल कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २६ लाख २ हजार५५६ भ्रष्टाचार गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा खस्वभाविक रुमाप बढी मुल्यांकन नापी किताबमा चढाइ हस्ताक्षर गरेको अख्तियारको आरोप छ।

यस्तै नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्ष सहित सहमति जनाई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई बढी लिएको अख्तियारको आरोप छ ।उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम ११ लाख ३० हजार २७२ रुपैयाँ विगो दाबी गरेको छ ।

यस्तै नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंहले पनि पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्षरसहित सहमति गरेको भन्‍दै अख्तउयार उनीविरूद्ध १४ लाख ७१ हजार २८३ रुपैयाँ विगो माग दाबी गरेको छ ।

यसैगरी नगरपालिकाका सब-इन्जिनियर दीपक सिंह विष्टविरूद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (ङ) वमोजिम २६ लाख २ हजार ५५६ रुपैयाँ अख्तियारले विगो माग दाबी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । विष्ट अहिले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077