Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब भारतको अर्थतन्त्रमा तीव्र वृद्धि हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको तेस्रो कार्यकालमा भारतीय अर्थतन्त्रमा तीव्र वृद्धि देख्ने दाबी गरेका छन् ।

बुधबार भारत मण्डपको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालमा विश्वको तीन ठुला अर्थ व्यवस्थाहरूमा भारतको नाम हुने बताए ।

प्रधानमन्त्री मोदीले भने,'म देशवासीहरूलाई विश्वास दिलाउन चाहन्छु कि सन् २०२४ पछि हाम्रो तेस्रो कार्यकाल देशको विकास यात्रातर्फ तीव्र रूपमा अघि बढ्नेछ ।’

प्रधानमन्त्री मोदीले भारत लोकतन्त्रको जननी भएको बताए । मोदीले नयाँ दिल्लीमा विश्वकै सबैभन्दा ठुलो सङ्ग्रहालय ‘युगे युगीन भारत’ को निर्माणको घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077