Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ ।

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति लिएको बताए ।

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए । महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने बताए ।

यस्तै दुई वर्षअघिको स्थानीय तह तथा गत मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागी उठेर जितेका सबै नेता कार्यकर्ताको कारबाही फुकुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077