Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकियो

काठमाडौं । कोशी प्रदेश सरकार गठन सम्बन्धी विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि सुरु भएको बहस सकिएको छ ।

बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो ।

पूर्ण इजलासले आजै फैसला सुनाउने तयारी गरिरहेको छ । संयुक्त इजलासले टुंगो लगाउन नसकेपछि सुनुवाईका लागि पूर्ण इजलासमा पठाइएको थियो ।

गत असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकार असंवैधानिक रहेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077