Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केन्द्रीय समिति बैठकअघि कांग्रेसका नेताहरू छलफलमा

काठमाडौं । केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, प्रमुख सचेतक रमेश लेखक, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा र मुख्यसचिव कृष्णप्रसाद पौडेल छलफलमा जुटेका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक गत साउन २ गतेदेखि चलिरहेको छ । सभापति शेरबहादुर देउवाबाहेक अरूले केन्द्रीय समितिमा धारणा राखिसकेका छन्। केन्द्रीय समिति बैठक आज अपराह्न ४ बजे सानेपामा बस्दैछ।

केन्द्रीय समितको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ।

तर, सदस्य खाँणमाथि कस्तो नीति लिने भन्नेमा भने कांग्रेसभित्र एकमत छैन । यस विषयमा के गर्ने भन्ने नेताहरूबीच समझदारी जुटाउन निरन्तर बैठक भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077