काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्षका नेता केपी शर्मा ओलीले १०० किलो सुन बरामद प्रकरणमा सत्ता गठबन्धनले नाङ्गो नाच देखाइरहेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सत्तारुढ दलले नाङ्गो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने बताए ।
अध्यक्ष ओलीले भने,'सत्ताधारी दलले देश लुटिरहेका छन् । नाङ्गो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन।'
सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १०० किलो सुनको विषयलाई एमालेले सदनमा उठाउने तयारी गरेको छ।
जसबारे धारणा बनाउन बुधबार प्रतिनिधि सभा बैठक बस्नु अगाडि एमाले संसदीय दलको बैठक बसेको हो।