Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ सवा ६ बजेतिर कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट ४७ वर्षीय सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको छ ।

स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।

पक्राउ परेका गुप्तालाई थप अनुसन्धान गर्न बरामद पैसासहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077