Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुद्ध एयरका सञ्चालक वीरेन्द्रसहित पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौं । उच्च अदालत पाटनमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनी शिवेन्द्र बस्नेतले २०७४–०७५ देखि हालसम्मको वित्तीय विवरण माग गरेको तर त्यसको विवरण नपाएको भन्दै मुद्दा दायर गरेका हुन् ।

कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि बस्नेतले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् ।

सञ्चालक बस्नेतसहित सुनिता बस्नेत, आरजु बस्नेत, आस्था बस्नेत र बुद्ध एयरका प्रमुख वित्तीय अधिकृत रमेश लुइँटेलविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

उनीहरू विरुद्ध ४० प्रतिशत सेयरधनीको अख्तियारी लिएर भाइ शिवेन्द्रबहादुरले मुद्दा दायर गरेका छन् । कम्पनी ऐनको दफा १६०, दफा १६१ र दफा १६२ बमोजिमको सजाय माग गर्दै उनले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077