Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित चार युवक पक्राउ

रुपन्देही । रुपन्देहीको सालझण्डी बजारबाट प्रहरीले लागूऔषधसहित चार युवकलाई पक्राउ गरेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डीले रुपन्देहीको सैनामैना–१० सालझण्डी बजारबाट २५६० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापा, सैनामैना–१० का २६ वर्षीय ‘पट’ भनिने सुनिल थारू, सोही स्थानका २८ वर्षीय ‘जिसस’ भनिने जित बहादुर दर्लामी र २५ वर्षीय ‘डिके’ भनिने दिनेश कुमार पुन रहेका छन् ।

खैरो हेरोइनको खरिद बिक्री कारोवार भइरहेको गोप्य सूचनाका आधारमा सोमबार उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

शरीर खानतलासी गर्दा उनीहरुको साथबाट ३२ थान पुडियामा जम्मा गरी २५६० मिलीग्राम खैरो हेरोइन फेला पारिएको बताइएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077