Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

चितवन । पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक दिउँसो साढे ४ बजे सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट आज बिहानैदेखि ढुंगा झरिरहेको थियो ।

पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराउँदै आएको भएपनि दिउँसो पुनः पहिरो गएर दुईतर्फी नै ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077