Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शशांक कोइराला भन्छन् - कांग्रेस एक भएर अघि बढ्नुको अरु विकल्प छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको कांग्रेस एकताबद्ध भएर जानुपर्ने आवश्यकता रहेको औल्याए । नेता कोइरालाले नेपाली कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने दाबी गरे।

नेता कोइरालाले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077