चितवन । चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो । पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरणद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराइएको हो । चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ।
लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ। यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक–पटक पहिरो गएर अवरुद्ध भएको थियो ।
Leave a Reply