Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्राउन सुगरसहित बर्दियाबाट एकजना पक्राउ

बर्दिया । बर्दियामा प्रहरीले ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको मधुवन नगरपालिका(८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।

भे ७ प ६२४८ नम्बरको स्कुटरमा भारतको लौकाही बोर्डरबाट आउँदै गरेका मगरलाई शंका लागेर जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार जिल्ला अदालत बर्दियाबाट म्‍याद थप गरी मगरमाथि अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077