काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली एक साता लामो विदेश भ्रमण सकेर आज स्वदेश फर्कदै छन् ।
कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज राति १० बजे स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ।
साउन २ गते कम्बोडिया प्रस्थान गरेका अध्यक्ष ओलीले आईतबार त्यहाँ भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए।
निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए।
अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन्।